बैशाख २७, २०८१, बिहीबार
               

गृहमन्त्रीलाई भेट्न प्रचण्ड बिहानै पुगे पुल्चोक

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई भेट्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुल्चोक पुगेका छन् ।

आज (मंगलबार) बिहानै थापालाई भेट्न प्रचण्ड पुल्चोकस्थित मन्त्री निवास पुगेका हुन् । यसअघि हिजो (सोमबार) पनि प्रचण्डले थापासँग छलफल गरेका थिए ।

नेकपा औपचारिक रूपमा विभाजन हुन लागेका बेला नेता थापा भने न अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली न कार्यकारी अध्यक्ष प्रचण्ड, कतै पनि खुलेका छैनन् ।

स्रोतका अनुसार सोमबार बेलुका भने गृहमन्त्री थापाले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग करिब एक घण्टा छलफल गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि