बैशाख १६, २०८१, आइतबार
               

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बस्दै

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार चार बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बस्ने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपश्चात् उत्पन्न परिस्थितिबारे छलफलका लागि सभापित शेरबहादुर देउवाले सो बैठक बोलाए का हुन् ।   

आइतबार नै कांग्रेस, नेकपाको दाहाल-नेपाल समूह तथा जसपाका नेताहरूले अनौपचारिक छलफल गरेर संयुक्त विरोध गर्ने कार्यक्रम तय भएको छ । 

आइतबारको छलफलमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र जसपा नेता बाबुराम भट्टराईले संयुक्त विरोधका कार्यक्रम सार्वजनिक गरिने बताएका थिए ।

कांगेस एक नेताका अनुसार संयुक्त विरोध कार्यक्रमबारे आज तय हुने र भोलि कांग्रेस र नेकपा दुवै दलको केन्द्रीय समिति बैठक बस्छ ।

यो पनि