बैशाख २८, २०८१, शुक्रबार
               

कांग्रेस-जसपा बैठक : संसद्‌ अधिवेशन बोलाउन दबाब दिने

नेपाल फ्ल्यास
पुस ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरू र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच देउवाकाे नपवास बूढानीलकण्ठमा छलफल सम्पन्न भएकाे छ । 

विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेका छन् ।ओलीले संसद नबोलाउने अवस्था देखिए विशेष महाधिवेशनका लागि समावेदनका लागि पनि तयारी अवस्थामा रहनुपर्नेमा जसपा नेताहरूले कांग्रेसलाई अग्रसरता लिन आग्रह गरेका छन् । 

कांग्रेसकै प्रस्तावअनुसार शनिबार भएको छलफलमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. मिनेन्द्र रिजाल थिए भने जसपाबाट अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए ।

यो पनि