जेठ ०६, २०८१, आइतबार
               

नेकपा उपाध्यक्ष वामदेव गौतमसँग सम्बन्धित सुनुवाइ स्थगित

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।

यसअघि शक्रबार समय नपुगेको भन्दै हेर्दाहेर्दैमा राखिएको सो सुनुवाइ बुधबार पनि न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको भन्दै स्थगित भएको हो । 

नेकपा उपाध्यक्ष गौतमको राष्ट्रिय सभा सदस्य पदसम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहितको पूर्ण इजलासमा सुनुवाइ भइरहेको थियो ।

सरकारको सिफारिसमा गौतमलाई राष्ट्रपतिले राष्ट्रियसभा सदस्य नियुक्त गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै रिट दायर गरेका थिए । त्यस रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले उनको पद यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको थियो ।

पछिल्लो  तीन दिनदेखि कोरोनाका कारण सर्वोच्च अदालतको सेवा प्रभावित  हुँदै आएको छ । सर्वोच्चमा कोरोनाकै कारण बुधबारका लागि न्यायाधीश प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठ संयुक्त र न्यायाधीश हरि फुयालको एकल गरी दुईवटा इजलास मात्र तोकिएको छ ।

यो पनि