बैशाख २५, २०८१, मंगलबार
               

शुक्रबार अध्यक्षद्वय र प्रमुख प्रतिपक्षीका सभापतिबीच सामूहिक छलफल हुने

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति  प्रक्रिया अघि बढाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सहमत भएका छन् ।

बुधबार प्रधानमन्त्री ओली र दाहालबीच सो सहमति भएको हो ।

अध्यक्षद्वयबीच सहमति भएसँगै शुक्रबार प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने अर्को सहमति भएको छ ।  संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अध्यक्षद्वय र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापतिको छलफलपश्चात् संवैधानिक आयोगका रिक्त पदमा नियुक्तिको प्रक्रिया टुंगिने बताए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्त, निर्वाचन आयोगका केही आयुक्तसहित विभिन्न संवैधानिक आयोग तथा केही विश्वविद्यालयमा उपकुलपति र पदाधिकारी रिक्त रहेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीच नियमितजसो भेटवार्ता र छलफल हुने क्रममा सो सहमति भएको जानकारी दिए । 

यो पनि