बैशाख २२, २०८१, शनिबार
               

स्वास्थ्यकर्मीलाई निरुत्साहित नगर्न देउवाको आग्रह

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले कोरोना संक्रमण नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र स्थानीय नागरिकबीच असमझदारीको वातावरण नबनाउन आग्रह गरेका छन् । 

सभापति देउवाले आइतबार एक वक्तव्य जारी गर्दै सरकारसँग यस्तो आग्रह गरेका हुन् ।

आफ्नो जीवन जोखिममा राखेर काम गर्ने स्वास्थ्यकर्मीसंगै सुरक्षाकर्मी, सञ्चारकर्मी र सफाईकर्मीहरुको भूमिकाको उच्च सह्राहना गर्दछु,’ उनको सो वक्तव्यमा भनिएको छ, ‘स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न र काम गर्न सहज मनोवैज्ञानिक वातावरण खलल हुन नदिन पनि सरकारसँग आग्रह गर्दछु ।’

यसैगरी उनले कतिपय ठाउँमा स्वास्थ्यकर्मीलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको  पनि बताएका छन् ।स्थ्यकर्मी र स्थानीय नागरिकबीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि म तीनवटै तहका सरकारहरुलाई सो उनले जारी गरेको वक्तव्यमार्फत सजग गराउन चाहेका छन् । 

स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नु सबैको अभिभारा भन्दै उनले यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न सबैलाई आग्रह गरेका छन् । यसका अलवा उनले एकता र विश्वासका साथ आफ्नो कार्यक्षेत्रमा मानवीय भावनाका साथ क्रियाशील रहन पार्टीका नेता कार्यकर्ता र स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

यो पनि