चैत १६, २०८०, शुक्रबार
               

प्रधानन्यायाधीशमाथि दबाब बढ्दै

नेपाल फ्ल्यास
साउन १०, २०७७

ADVERTISEMENT

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरलाई राजीनामा दिन आग्रह गरेका छन् । 

न्यायका लागि साझा तराजु यात्रा’लाई माइतीघर मण्डलामा सम्बोधन गर्दै शनिबार मिश्रले यस्तो बताएका हुन् । 

‘तपाई असाध्यै विवादित हुनुभयो, तपाईले गरेका निर्णय शंकाको घेरामा छ । तपाई‌ंले गरेको निर्णयलाई जनताले स्वीकार गर्न सकेका पनि छैन,’ उनले भने । 

उनले शनिबार संसदले महाअभियोग लगाएर सर्वोच्च निकम्मा छ भन्ने सन्देश जाने भन्दै उनले अदालतको सम्मानका लागि राजीनामा दिन प्रधानन्यायाधीशलाई आग्रह हुन् । 

उनले भने, ‘संसद आएर महाअभियोगबारे चर्चा गर्नुअघि तपाईंले राजीनामा दिनुभयो भने यसले सर्वोच्च अदालत र जनताको विश्वास फेरि पुनर्स्थापित गर्न सहायक सिद्ध हुन्छ ।’

शनिबार बखुण्डोलस्थित पार्टी कार्यालयबाट सुरु भएको साझाको यात्रा माइतीघर मण्डलामा पुगेर टुंगिएको थियो । 

सो यात्रामा  सहभागीहरुले ‘त्रुटिपूर्ण फैसला रद्द गर, पीडितलाई न्याय गर’, ‘भ्रष्टाचारलाई सिंहदरबार होइन, जेल हालौं’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकी नारा लगाएका थिए । 

पछिल्लो समय जबराको विरोध जताततै हुँदै आएको छ । शुक्रबार मात्रै सत्तारुढ दलकै कार्यकर्ताले पनि उनको विरोध गरेका थिए । उनको विरोधमा सत्तारुढ दलकै सांसदको पनि समर्थ रहेको छ । उनीहरुले प्रधानन्याधीशलाई महाअभियोग लगाइ हटाउनु पर्ने बताएका छन् । 

यहीबीचमा प्रधानन्यायाधीशको इजलासले गरेको फैसलालाई लिएर सरकारले पुनरावेदन दिएको छ । 

यसै क्रममा सत्तारुढ दलकै नेता तथा पूर्वसभामुख र कानुनमन्त्री सुवास नेम्वाङले सरकार प्रधान न्यायाधीशको विषयमा एक किसिमले अघि बढेको बताउँदै अहिले नै प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने कुरा गर्दा अलि हतार हुने बताएका छन् । 

त्यसैगरी शुक्रबार मात्रै  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक ट्विट जारी गर्दै प्रधानन्यायाधीशलाई अपराधका संरक्षकको संज्ञा दिएका छन् । 

उनले यही विषलाई लिएर नेपालमा असफल राज्यको लक्षण देखिएको बताएका  थिए । 

पत्नीको हत्या गर्ने डिआइजी अदालतबाट सजाय कटौती गरेर विजयी राजनेता झैं हात हल्लाउँदै निस्कन्छ, जाँड खाएर गाडी चलाउँदा सडकपेटीमा मान्छे मार्ने धनाढ्यको छोरो अदालतबाट धरौटीमा रिहा हुन्छ, सांसद अपहरण गर्ने पूर्वआइजीपी विरुद्ध सरकारले मुद्दै चलाउँदैन, यो असफल राज्यको लक्षण नभए के हो ? उनले भनेका थिए । 

यो पनि