जेठ ०२, २०८१, बुधबार
               

असंगत अभिव्यक्ति दिएर ओलीले नेपाल-भारतको दूरी बढाउन खोजेको करण सिंहको आरोप

नेपाल फ्ल्यास
असार ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका कारण विश्वका हिन्दूहरुमा चोट पुगेको बताएका छन् ।

भानुजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले सीता भारतका नभएर अयोध्याका रामलाई दिएको र त्यो अयोध्या वीरगन्ज पश्चिमको गाउँ भएको विवादास्पद अभिव्यक्तिका कारण विवादित भइरहेका बेला सिंहले विज्ञप्ति निकाल्दै यस्तो बताएका हुन् । 

उनले प्रधानमन्त्री ओलीको राम पूर्वीनेपालमा जन्मिएको र भारतले कृत्रिम रुपमा अयोध्या निर्माण गरेको भनी असामान्य कुरा गरेको टिप्पणी गरेका छन् । 

उनको सो विज्ञप्तिमा भनिएको छ, ‘यो अपमानजनक अभिव्यक्तिले नेपाल र भारतका मात्र नभएर विश्वभरका हिन्दुहरुको भावनामा चोट पुगेको छ ।’

साथै, असंगत अभिव्यक्ति दिएर नेपाल र भारतबीचको दूरी बढाउने नियत राखेको उनको आरोप छ।

सो विज्ञप्तिमा उनले देशका विवेकशील नागरिक यस किसिमका कदमप्रति सचेत रहनु पर्ने उल्लेख गरेका छन् । साथै दुवै देशबीच युगौं पुरानो मित्रवत् सम्बन्ध जोगाउन हरसम्भव प्रयास गर्नुपर्ने पनि उल्लेख छ । 

नेपालका सबै राजनीतिक पार्टीले ओलीको आलोचना गरिरहेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले त बुधबार प्रधानमन्त्रीले दिएको अभिव्यक्ति प्रधानमन्त्रीको मात्रै कि नेकपाको पनि भनी नेकपासँग स्पष्टीकरण मागेको छ । 

त्यसैगरी,  प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा), विपक्षी भारतीय राष्ट्रिय कांग्रेस, सन्त–महन्तले विरोध जनाइरहेका छन् । 

भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंह नेपाल-भारत जानकार मानिन्छन् ।

तर, प्रधानमन्त्रीको अभिव्यक्ति विवादित भएसँगै पुरातत्व विभागले सो ठाउँको उत्खन्नमा जुट्ने  बताएको छ । 

यस्तै पूर्वराजा ज्ञानेन्द्र शाले पनि पूर्वराजा ज्ञानेन्द शाहले धार्मिक वा साँस्कृतिक पात्र वा स्थानका आफ्नै महत्व र विश्वास हुने बताउँदै एक ट्विट गरेका छन् ।

यो पनि