बैशाख १३, २०८१, बिहीबार
               

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर कांग्रेसले माग्यो नेकपासँग स्पष्टीकरण

नेपाल फ्ल्यास
असार ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको  पछिल्लो अभिव्यक्तिबारे नेकपासँग स्पष्टीकरण मागेको छ। 

भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग आधिकारिक धारणा मागेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र ब्यवहारप्रति पार्टीको गम्भीर विमति रहेको बताएका छन् ।

प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर ब्यक्तिगत सनकको कैदी बन्न नमिल्ने सो विज्ञप्तिमा उल्लेख छ । 

‘प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र ब्यवहार सम्पूर्ण रुपले बदल्ने या प्रधानमन्त्री नै बदल्ने, उहाँकै दल नेकपाको बिषय हो’ सो विज्ञप्तिमा भनिभएको छ, ‘तर, प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन ? अनि उहाँको दल नेकपा पार्टीको विश्वासबमोजिमको हो होइन ? संस्थागत प्रष्टीकरण अनिवार्य भएको छ ।’

प्रधानमन्त्री ओलीले श्रीराम जन्मस्थल अयोध्या भारतमा नभई पर्साको ठोरीमा भएको बताएका छन् । 

यो पनि