बैशाख ११, २०८१, मंगलबार
               

कम्तिमा एक वर्षका लागि सांसद विकास कोष खारेज गरौँ- नेकपा प्रवक्ता श्रेष्ठ

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोष खारेज गर्न माग गरेका छन्।

सोमबार सामाजिक सञ्जाल ट्विटरमा आफ्ना भनाइ सार्वजनिक गर्दै रोजगारी केन्द्रित राष्ट्रिय योजनामा लगानी गर्नकाे सांसद विकास कोषको कम्तिमा एक वर्षकाे रकम खारेज गर्न माग गरेका हुन्  ।

काेराेनाका कारण आगामी वर्ष आर्थिक क्षेत्रमा ठूलो चुनौती सामना गर्नुपर्ने निश्चित भएको भन्दै यो चुनौती स्वतन्त्र एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको अवसर बन्न सक्ने बताएका छन्।

राष्ट्रिय सभा सदस्य समेत रहेका प्रवक्ता श्रेष्ठले मितव्ययीतताका लागि आफूले एक वर्षको राष्ट्रिय सभा र समितिको बैठक भत्ता नलिने बताएका छन् । उनले यसअघि नै एक वर्षको पारिश्रमिक राहत कोषमा दिने घोषणा गरिसकेका छन् ।

यो पनि