बैशाख २०, २०८१, बिहीबार
               

राप्रपा अध्यक्ष राणाद्वारा सीमा नाकामा कडाइ गर्न सुझाव

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले भारतीय सीमानाबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम तुरुन्त नियन्त्रण गर्नुपर्ने बताएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने प्रयासमा सुरक्षा अंग थप प्रभावकारी ढंगले परिचालन गरी भारतबाट अनाधिकृत रूपमा नेपाल आउने क्रम अन्त्य गर्नु जरूरी भएको उनले ट्वीटमार्फत सरकारलाई सुझाएका हुन् । 

सुदूरपश्चिमका कैलालीलगायत सीमावर्ती जिल्लाहरूमा खेतबारी, गोरेटो र जंगलबाट बन्दाबन्दीमै लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम जारी रहेको देखिएको उल्लेख गर्दै अध्यक्ष राणाले ती स्थानमा सख्त निगरानी गर्नुपर्ने बताए । साथै भारतको दिल्लीस्थित निजामुद्दिनमा सम्पन्न धार्मिक भेलासँग सम्बन्धित कोरोना भाइरसको जोखिमप्रति पनि नेपालले उच्च सतर्कता अपनाउनु पर्ने उनको भनाइ छ । 

कोरोना संक्रमणको संवेदनशीलता र सावधानीलाई ध्यानमा राख्दै यस अवधिमा भारतबाट कति मानिस गाउँघर भित्रिए भन्ने यथार्थ जानकारी राख्नुपर्ने र त्यस्ता व्यक्तिलाई उच्च सतर्कताका साथ क्वारेन्टाइनमा राख्नु पर्ने अध्यक्ष राणको सुझाव छ । काठमाडौँ आसपासका जिल्लाका किसानले तरकारीको उचित मूल्य नपाए पनि बिचौलीयाका कारण राजधानी भित्रिने तरकारीको भाउ अचाक्ली बढेकोमा उनले सरकारको ध्यानाकर्षण गराउँदै  समाधानका लागि किसान र उपभोक्ता दुवैलाई लाभ हुने गरी संकटकालीन ढुवानी व्यवस्था लागू गर्न माग गरे ।

यो पनि