जेठ ०४, २०८१, शुक्रबार
               

नेत्रविक्रम चन्द विप्लवको पार्टीले आक्रामक कारबाही बन्द गर्ने

नेपाल फ्ल्यास
चैत १०, २०७६

ADVERTISEMENT

काठमाडौं । नेत्रविक्रम चन्द महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दै ‘आक्रामक कारबाही’ बन्द गरेको छ । 

विप्लव नेतृत्वको पार्टीले विज्ञप्ति निकाल्दै देशका सबै चिकित्सक एवं स्वास्थ्य कार्यकर्तालाई जनताको सेवामा लाग्न पनि अपिल पनि गरेको छ । 

‘तत्काल पार्टी कार्यकर्ता तथा जनसेनालाई आफू सचेत बन्दै आमजनतालाई कारोनाविरुद्ध जागरुक हुन् निर्देशन गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘कारोना भाइरसबाट देशमुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाही बन्द गरिएको जानकारी आमजनसमुदायमा अवगत गराउँछौँ ।’

विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले आफ्ना कारबाही बन्द गरेको जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि