जेठ ०४, २०८१, शुक्रबार
               

एमसिसीमा गम्भीर बहस आवश्यक छ : सभामुख सापकोटा

नेपाल फ्ल्यास
चैत ०३, २०७६

ADVERTISEMENT

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एमसिसी प्रस्तावको विषयमा गम्भीर बहस आवश्यक रहेको बताएका छन् ।

सिंहदरबारमा भएको अनौपचारिक छलफलका क्रममा सभामुख अग्निप्रसाद सापकोटले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसिसी) सहयोगसम्बन्धी प्रस्ताव छलफलकै चरणमा रहेको बताएका हुन् । 

अहिले कोभिड–१९को बहसले सबैको ध्यान तानेको बताउँदै उनले हाल एमसिसी पनि बसहमै रहेको बताए । 

‘दलहरुभित्र पनि छलफल भइरहेको छ, पारित गर्ने अवस्था आएपछि पारित हुन्छ,’ उनले भने, ‘दलहरुबीच सहमति भएपछि सभामुखले सहजीकरण मात्रै गर्ने हो ।’ 

कोभिड–१९को चर्चापरिर्चा र प्रधानमन्त्रीको उपचारका कारण यो विषय हाल ओझेलमा छ । 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एमसिसी सहयोग लिने/नलिने भन्ने सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले एमसिसीका कतिपय प्रावधान संशोधन गरेर मात्र सहयोग ग्रहण गर्न सुझाब दिएको थियो ।

यो पनि