बैशाख २७, २०८१, बिहीबार
               

केपी ओलीले टेरेनन् सचिवालयको निर्णय, वामदेवलाई राष्ट्रियसभामा नलाने !

नेपाल फ्ल्यास
फागुन १४, २०७६

ADVERTISEMENT

काठमाडौँ । राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लाने सचिवालयका निर्णय अध्यक्ष केपी शर्मा ओलीले नमान्ने भएका छन् ।

राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित कोटामा लाने सचिवालयको निर्णय तीन घण्टा पनि टिकेन । अध्यक्ष ओली स्वयंले यो निर्णय मान्न नसकिने जनाएको एक सचिवालय सदस्यले नेपाल फ्ल्यासलाई जनाएका छन् ।

प्रधानमन्त्री ओलीको निर्णय नमानेसँगै नेकपामा गम्भीर विवाद देखिने भएको छ ।

सचिवालय बुधबार बिहान बालुवाटारमा बसेको बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो । बैठकपछि राष्ट्रपतिसमक्ष गौतमको नाम सिफारिस गरिन जानकारी दिइएको थियो ।

प्रधानमन्त्रीले ओलीले गाैतमलाई सिफारिस नगर्ने आफ्नो अडान पार्टी नेताहरूलाई जानकारी गराएका छन् । प्रधानमन्त्रीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने अडान राखेका छन् ।

फागुन २० गतेदेखि राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित डा. खतिवडाको कार्यकाल सकिँदै छ ।

बुधबारकै बैठकले संविधान संशोधनका लागि भनी प्रचार गरिएको नेता माधवकुमार नेपाल संयोजक रहेको कार्यदल भंग पनि गरेको थियो ।

 

यो पनि