जेठ ०७, २०८१, सोमबार
               

वामदेवलाई सांसद बनाउने नेकपाको निर्णय

नेपाल फ्ल्यास
फागुन १४, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम अन्ततः सांसद बन्ने भएका छन् ।

बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्तिका लागि निर्णय गरेको हो ।

बैठकले राष्ट्रपति समक्ष वामदेवको नाम राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

यसैबीच, गत शनिबारको सचिवालय बैठकले संविधान संशोधनका लागि गठन गरेको कार्यदलले तत्काल काम अघि नबढाउने भएको छ । 

गत शनिबार राष्ट्रियसभा सदस्यको हैसियत प्रतिनिधिसभा सदस्य बराबर हुने गरी संविधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय भएको थियो ।

उक्त निर्णयको चौतर्फी विरोध भएपछि तत्काल काम अगाडि नबढाउने निर्णय बुधबारको सचिवालय बैठकले गरेको हो । 

कार्यदल बनाएको विषयमा पार्टी भित्र र बाहिरबाट व्यापक विरोध भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि