बैशाख २६, २०८१, बुधबार
               

कोरोनाका कारण कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सकको मृत्यु

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोनाका कारण कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको मृत्यु भएको छ ।विरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा कार्यरत उनको बिहीबार दिउँसो मृत्यु भएको हो । 

उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए । सापकोटालाई आइसियूमा अक्सिजन दिएर राखिएको थियो ।  डा सापकोटा वरिष्ठ हार्डजोर्नी रोग विशेषज्ञ हुन् । 

योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । यसअघि ३५ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको थियो ।

यो पनि