बैशाख १५, २०८१, शनिबार
               

संसद् पुनर्स्थापना भए प्रतिक्रान्ति हुन्छ: गृहमन्त्री थापा

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । ओली समूह(नेकपा) का  नेता तथा गृहमन्त्री रामबहादुर थापाले ‘बादल’ ले संसद पुनःस्थापन भए मुलुकमा प्रतिक्रान्ति हुने बताएका छन् ।  

राष्ट्रिय सभागृहमा ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई संबोधन गर्दै बिहीबार उनले सो कुरा बताएका हुन् । ‘संसद पुनर्स्थापना भए मुलुकमा प्रतिक्रान्ति हुने खतरा छ । संसद् पुनर्स्थापना  हुनु मुलुकको हितमा छैन,’ उनले भने । 

संसद् पुनर्स्थापना नहुने बताउँदै उनले संसद विघटन प्रधानमन्त्री केपी ओलीको साहसिक निर्णय भएको बताएका छन् । ‘देशमा अस्थिरता सिर्जना गर्न प्रतिगमन गर्ने षड्यन्त्र थियो,’ गृहमन्त्री थापाले भने, ‘त्यसलाई चिर्न संसद् विघटनको साहसिक निर्णय गरिएको छ । हामी प्रतिगमन षड्यन्त्र चिर्न ताजा जनादेश जाने सरकारले निर्णय लिएको हो ।’ दाहाल-नेपालपक्षीय नेकपातर्फ लक्षित गर्दै उनले प्रतिगमनको षड्यन्त्रमा फसेको एउटा गुट पार्टीबाट चोइटिएर गएको बताए ।

यो पनि