जेठ ०६, २०८१, आइतबार
               

थप ११ जना कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ११ संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार, मृत्यु हुनेमा चार जना महिला र ७ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि