बैशाख १५, २०८१, शनिबार
               

लकडाउनबारे बोले स्वास्थ्यमन्त्री ढकाल

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तत्काल लकडाउन नहुने बताएका छन् ।

आज (शुक्रबार) नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यावसायिक पहलका प्रतिनिधिहरूसँग कुरा गर्दै मन्त्री ढकालले तत्काल लकडाउन नहुने बताएका हुन् । 

उद्योग–व्यवसाय विस्तारै खुल्न लागेको अवस्थामा फेरि लकडाउनको हल्लाले त्रसित बनेको निजी क्षेत्रका प्रतिनिधिहरुले बताएका थिए ।

स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न आफूहरु तयार रहेको भन्दै उनीहरुले फेरि लकडाउन नगर्न स्वास्थ्यमन्त्रीलाई आग्रह गरेका थिए ।

जवाफमा मन्त्री ढकालले स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्दै सजकता अपनाएर व्यवसाय गर्न आग्रह गरेका थिए ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगेपछि लकडाउन गर्ने बताएको थियो । 

हाल सक्रिय संक्रमितको संख्या २२ हजार नाघिसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि