बैशाख २५, २०८१, मंगलबार
               

नेपालमा एकैदिन थपिए २७ सय २२ संक्रमित

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा थप २७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४५० पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ ।

त्यस्तै आज (देशभर) संस्थागत आइसोलेसनमा ९ हजार ४७४ जना रहेका छन् ।

आज थप १४ हजार ७३९ पिसिआर परीक्षण भएको छ । योसँगै हालसम्म १० लाख ४८ हजार ६८६ पिसिआर परीक्षण भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार ३०७ जना कोरोना संक्रमित निको (डिस्चार्ज) भएका छन् । योसँगै अहिलेसम्म निको हुनेको संख्या ६० हजार ९६ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि