असोज ०७, २०८१, सोमबार
               

सुन काण्डमा ट्विस्ट: प्रहरीको कोठामा एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

सुन तस्करीको अपरेसनमा खटिएका एक प्रहरी जवानको कोठाबाट थप एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको छ । बरामद धातु सुन हो वा सुन जस्तो देखिने धातु मात्र भन्ने परीक्षण हुन बाँकी छ ।

दरबारमार्ग प्रहरीका तत्कालीन डिएसपी रञ्जन दाहाललाई गलत सूचना दिएको अभियोग लागेका सादा पोसाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा मार्दा सुन जस्तो देखिने धातु बरामद भएको प्रहरी उच्च स्रोतले बताएको छ । 

प्रहरीले मङ्गलवार कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको थियो । तर, परीक्षणका क्रममा साढे १४ किलो धातु चाँदी भएको पुष्टि भएको भनिएको थियो ।

साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानका क्रममा थप एक किलो धातु बरामद भएको हो । प्रहरी जवान बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठले आफ्नो वृत्तका डिएसपीलाई नै गुमराहमा राखेको पाइएको एसएसपी शुशीलकुमार यादव नेतृत्वको छानबिन समितिले जनाएको छ ।

सुन प्रकरणमा दरबारमार्ग प्रहरी प्रमुख डिएसपी रञ्जनकुमार दाहालको अपरेशनल नेतृत्व कमजोर देखिएको भन्दै उनलाई जिम्मेवारीबाट हटाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि