असोज ०७, २०८१, सोमबार
               

सुन भएको झोला फाल्ने तीन जना पक्राउ

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । कमलादीस्थिमा प्रहरीको चेकजाँच देखेपछि ‘सुन भएको झोला’ फालेर भाग्ने तीन जनालाई प्रहरीले पक्रेको छ । 

महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको समन्वयमा तीन आरोपीलाई नवलपरासीको दुम्कीबासबाट पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया रहेका छन् । 

महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलका अनुसार, शंकास्पद तीन जनालाई नियन्त्रणमा लिइएको हो, उनीहरुको संलग्नताबारे अनुसन्धान भइरहेको छ ।

मंगलबार महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रन्जन दाहाल नेतृत्वको टोलीले चेकजाँच गर्न खोज्दा बा६च ५५१९ नम्बरको सिल्भर कलरको स्कोर्पियो भागेको प्रहरीको दाबी छ । कोर्पियोमा चालक बाहेक तीनजना सवार थिए । 

स्कोर्पियोबाट उनीहरुले फालेको झोला खोल्दा आधा किलो सुन, सुनको जलप भएको साढे १४ किलो चाँदी र दुईथान चाईनिज पेस्तोल फेला परेको थियो । 

स्कोर्पियो भने अझै फेला परेको छैन ।

स्कोर्पियो बारा घर भएका इल्साम हुसेनको नाममा रहेको यातायात व्यवस्था विभागको रेकर्डबाट थाहा भएको छ । 

उक्त स्कोर्पियो साउन ३ गते फर्पिङको बाटो हुँदै काठमाडौं आएको थियो । सो गाडी काठमाडौं बाहिर गएको रेकर्डमा देखिएको छैन । 

प्रहरीले रोक्न खोजेपछि सुन र पेस्तोल फालेर तस्कर समूह ट्याक्सीमा नवलपरासी पूर्वको दुम्कीबास पुगेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि