बैशाख १५, २०८१, शनिबार
               

ओलीको नयाँ प्रस्ताव : एकता महाधिवेशन मंसिरमा

नेपाल फ्ल्यास
साउन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । 

पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग र दबाब उठिरहेका बेला ओलीले नयाँ प्रस्ताव ल्याएका हुन् ।

शनिवार बालुवाटारमा बसेको सचिवालय वैठकमा ओलीले यस्तो प्रस्ताव गरेका हुन् । 

तर 'प्रस्ताव सकारात्मक भए पनि पत्याउन भने नसकिने' सचिवालय बैठकमा नेताहरुले बताएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालसहितका केही नेताहरुले भने दुई अध्यक्षले औपचारिक रुपमा प्रस्ताव ल्याउन माग गरेका थिए । 

'विगतमा पनि यस्ता यस्ता प्रस्ताव आउने गरेको तर, निर्णय भएर पनि कार्यान्वयन नहुने गरेको' भन्दै नेताहरुले बैठकमा लिखित प्रस्ताव ल्याउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।

यो पनि