बैशाख २६, २०८१, बुधबार
               

नेकपा स्थायी कमिटी बैठक आाइतबार पूर्वनिर्धारित समयमा बस्ने

नेपाल फ्ल्यास
साउन ०३, २०७७

ADVERTISEMENT

काठमाडौैं । नेकपाको स्थायी कमिटीको पूर्वनिर्धारित समयमै आइतबार ३ बजे बस्ने भएको छ ।

सचिवालय बैठकपश्चात नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको स्थायी कमिटीको बैठक पूर्वनिर्धारित समयमै बस्ने जानकारी दिए । 

यसका अलवा उनले शनिबारको सचिवालय बैठकमा पार्टीमा देखिएको संकट समाधानका लागि भइरहेको छलफललाई जारी राख्ने सहमति भएको बताए । 

प्रवक्ता श्रेष्ठले पार्टीको आन्तरिक संकटलाई सहमतिका आधारमा कसरी सम्बोधन गर्ने भन्नेबारे दुई अध्यक्ष र अरु नेताहरुले गृहकार्य गरिरहेको बताएका छन् । 

श्रेष्ठले भने,  ‘बैठकले पार्टी विवादलाई थप छलफल गरेर टुंग्याउने निर्णय गरेको छ । सो बैठकले पार्टी विवादलाई अध्यक्षद्वयले सहमतिमा टुंग्याउने निर्णय भएको छ ।’

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको सचिवालय बैठकमा पार्टीको समग्र समस्याबारे छलफल भएको बताए । 

उनले भने, ‘तर, विवाद समाधान भएको छैन । दुई अध्यक्षले सहमतिमा विवाद टुंग्याउने  सहमति भएको छ ।' 

यसका  अलवा उनले पार्टी एकताको रक्षा गर्ने र जनादेशको सम्मान गर्ने गरी सहमति जोखिने बताए ।

असार १० गतेदेखि जारी बैठक नेताहरुबीच सहमति हुन नक्सदाख आसर १८ गते यता बारम्बार स्थगित हुँदै आएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब साढे ४ घण्टासम्म सत्तारुढ नेकपाको सचिवलाय बैठकपश्चात दुवै अध्यक्ष शीतल निवास गएका छन् । 

यो पनि