बैशाख २५, २०८१, मंगलबार
               

अध्यक्षद्वय शीतल निवास प्रस्थान

नेपाल फ्ल्यास
साउन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दलका अध्यक्षद्वय सचिवालय शीतल निवासतर्फ लागेका छन् । 

सचिवालय बैठक सकिएलगत्तै दुवै अध्यक्ष राष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ लागेका बालुवाटार स्रोतले जानकारी दियो । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब साढे ४ घण्टासम्म सत्तारुढ नेकपाको सचिवलाय बैठकपश्चात उनीहरू शीतल निवासतर्फ लागेका हुन् । 

बैठकमा पार्टीमा देखिएको संकट समाधानका लागि भइरहेको छलफललाई जारी राख्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

यसका अलवा उनले पार्टीको आन्तरिक संकटलाई सहमतिका आधारमा कसरी सम्बोधन गर्ने भन्नेबारे दुई अध्यक्ष र अरु नेताहरुले गृहकार्य गरिरहेको बताए । उनले भने, ‘सचिवालयले पार्टीको संकट निवारण गर्न अझै छलफल गर्ने निर्णय भएको छ ।’


कस्तो लाग्यो ?

यो पनि