बैशाख २६, २०८१, बुधबार
               

सरकार परिवर्तनको चर्चा निराधार : मन्त्री ज्ञवाली

नेपाल फ्ल्यास
साउन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार परिवर्तनको चर्चा निराधार भएको बताएका छन् । गुल्मीमा कोभिड–१९ सङ्क्रमण तथा रोकथाम तथा नियन्त्रणका लागि आज तम्घासमा रेसुङ्गा नगरपालिकालाई पिसीआर मेसिन हस्तान्तरण गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेकपाभित्र विद्रोह हुन्छ र पार्टी दुर्घटनामा पर्छ भनेर कसैले कल्पना गरेको छ भने त्यो गलत सावित हुने बताए ।

नेकपाको एकता मुलुकको संविधान, लोकतान्त्रिक प्रणाली, राष्ट्रिय एकता र राष्ट्रियताको लडाइँजस्ता धेरै कुरामा जोडिएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले जनादेश पूरा गर्न वर्तमान सरकार सक्षम रहेको बताए । मन्त्री ज्ञवालीले अहिलेको लडाइँ भनेको बेरोजगारी, विदेशबाट फर्किएकाहरुको व्यवस्थापन र नक्सामा समेटिएको भूभागलाई कसरी फर्काउने, देशको अर्थतन्त्रलाई मजबुत बनाउने एवं जनतालाई कसरी सुखी र समृद्ध बनाउने भन्ने कुरा नै मुख्य चुनौती रहेको धारणा व्यक्त गरे ।

स्रोत र साधनका हिसाबले अहिलेसम्म कोभिडविरुद्धको लडाइँमा सफलता मिलेको भन्दै मन्त्री ज्ञवालीले विज्ञबाट अझै पनि सङ्क्रमण बढ्न सक्ने र खराबको स्थिति अझै सामना गर्न बाँकी रहेकाले त्यसको तयारीमा तीन सरकार लाग्नुपर्नेमा जोड दिए । 


कस्तो लाग्यो ?

यो पनि