बैशाख २२, २०८१, शनिबार
               

यो साता ९६३ प्रवासीलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना संक्रमण देखिएको हो । संक्रमति मध्ये ४५० जना रोमानियामा रहेका नेपाली छन् । 

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका हुन् । यद्यपि यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेन । 

विदेशमा ४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार ५६९ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार ५६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ । गत सातासम्म १९ देशका २८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको सङ्घले जनाएको छ  ।


कस्तो लाग्यो ?

यो पनि