बैशाख १५, २०८१, शनिबार
               

आविष्कार सम्बन्धी कामका लागि कानुन बन्दै: कार्यवाहक प्रधानमन्त्री खड्का

नेपाल फ्ल्यास
साउन ०९, २०८०

ADVERTISEMENT

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कामलाई एकीकृत रूपमा सञ्चालन गर्न आवश्यक कानुन छिट्टै संसद्मा लैजान तयारीमा रहेको बताएका छन् ।

भीमसेन थापाको २४९औँ जन्मजयन्तीका अवसरमा भीमसेन थापा स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा रक्षामन्त्री समेत रहेका कार्यवाहक प्रधानमन्त्री खड्काले देशको प्रतिभालाई बाहिर जान नदिने उद्देश्यप्रति सरकार प्रतिबद्ध रहेको समेत प्रस्ट पारे ।

कार्यक्रममा यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको थियो ।
एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार खड्काले  केन्द्रका संस्थापक महावीर पुनलाई हस्तान्तरण गरेका थिए । 

उक्त अवसरमा कार्यवाहक प्रधानमन्त्री खड्काले  यसअघि महावीर पुनसँग भएको सहमति कार्यान्वयनमा सरकार पूर्ण रूपमा प्रतिबद्ध भएको पनि जानकारी दिए । 

कार्यक्रममा कार्यवाहक खड्काले राष्ट्रिय विभूति भीमसेन थापाले राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा तथा सामाजिक रूपान्तरणका पक्षमा ठूलो गुन लगाएको उल्लेख गरे । उनले भीमसेन थापा राष्ट्रभक्त, देशभक्त हुनुका साथै प्रेरणाका स्रोत भएको विश्वास व्यक्त गरे ।

रक्षामन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री खड्काले “सेना, कानुन, सामाजिक, आर्थिक पक्षमा अनुकरणीय सुधारका अभियान चलाएको तथा सैनिक सेवालाई आधुनिकीकरण गरेकोले भीमसेन थापा हाम्राका लागि प्रेरणाको स्रोत बनेको" बताए ।  उनले 

पूर्वजले सुरु गरेका अभियानलाई आफ्नो कार्यकालमा पनि निरन्तरता दिई थापाले देशको सिमानालाई चारैतिर विस्तार गरेको इतिहास खड्काले स्मरण गरे । 

परिस्थितिवश मुलुकमा आउने अप्ठेरोलाई स्थायित्व दिन कूटनीतिक कौशलताका आधारमा सुगौली सन्धि गरेर मुलुकको सीमालाई स्थायित्व दिनुपरेको धारणा कावा प्रधानमन्त्री खड्काले बताए ।

तत्कालीन सामाजिक रूपान्तरणका लागि थापाले कमाराकमारी राख्न नपाउने व्यवस्थालाई स्थापित गर्नुभएको, सामाजिक चाडपर्वमा खर्चको सीमा तोक्ने काम गर्नुभएको, नापतौल व्यवस्थापन, ब्याजदर निर्धारण, हुलाकको व्यवस्थापन गर्नुभएको उनले स्मरण गरेका थिए ।

जग्गा अभिलेख राख्ने बन्दोबस्त पनि थापाकै शासनकालमा प्रारम्भ भएको उल्लेख गर्दै कावा प्रधानमन्त्री खड्काले समाजमा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक प्रबन्ध गर्नुभएको कार्य प्रेरणाको स्रोत भएको उल्लेख गरे ।

भीमसेन थापाले धरहरा, सुन्धारा, बागदरबार, टेकु पुल, थापाथली पुललगायत भौतिक र  ऐतिहासिक संरचना निर्माण सम्पन्न भएको उल्लेख गर्दै उनले समाज सुधार र विकासप्रेमी कामबाट आफूहरू प्रेरित भएको जनाए ।

यो पनि