बैशाख १५, २०८१, शनिबार
               

ईसेवा र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता सम्पन्न

नेपाल फ्ल्यास
जेठ ३०, २०८०

ADVERTISEMENT

काठमाडौँ– मुलुकभर तथा संसारका २०० बढी राष्ट्रहरूमा व्यापक रूपमा कारोबार विस्तार गरिरहेको रेमिट्यान्स कम्पनी, ईसेवा मनि ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंकमध्येको एक– नबिल बैंकबिच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ।  यस सम्झौता अन्तर्गत, अब विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स्, नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २५५ शाखा मध्ये जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिनेछ। 

यस सम्झौता बमोजिम, अब विदेशमा रहनुभएका नेपालीहरूले सिधै नबिल बैंकको खातामा पैसा पठाई नगद भुक्तानी गर्न सक्नु हुनेछ ।

सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत श्री अजेस कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गर्नुभएको थियो। 

ईसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरूको साथै नेपालका प्रायजसो सबै बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ। ईसेवा मनि ट्रान्सफरले सेवाग्राहीहरूलाई आफ्ना १,७५००० भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको सहायक कम्पनी पनि हो ।

नबिल बैंक लिमिटेडले ३८ वर्षदेखि देशव्यापी रूपमा आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। २०४१ असार २९ गते स्थापना भएको नबिल बैंक, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्थाको रूपमा सञ्चालन भइरहेको छ। हाल, ७ प्रदेश र ७७ ओटै जिल्लामा रहेका २ सय ५५ शाखाहरूका साथ, नबिल बैंक धेरै रुचाइएको बैंक बन्न सफल भएको छ।

यो पनि