बैशाख १३, २०८१, बिहीबार
               

डिजिटल प्रविधिलाई समयसँगै अघि बढाउन जरुरी छ : गर्भनर अधिकारी

नेपाल फ्ल्यास
कात्तिक ११, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताएका छन् । बिहीबार नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्युआरकोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले अबको समयमा डिजिटल फाइनान्सियल सर्भिसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

उनले विद्युतीय माध्यमको फाइदा धेरै भएकोले डिजीटल प्रविधिलाई समयसँगै अघि बढाउन जरुरी रहेको बताए । क्युआर कोड मार्फत् भुक्तानी गर्दा समयको बचतसँगै पैसा लेनदेनसम्बन्धी अनेकन झन्झटबाट मुक्त हुने उनको धारणा छ । 

गभर्नर अधिकारीले डिजिटल नेपालको अभियानलाई चाँडै सफल बनाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । उनले क्युआर कोडको महत्व नेपालको  राष्ट्रिय हितको सन्दर्भमा विशेष रहेको बताउँदै सबैले आन्तरिक लाभ लिन सकिने र यसका लागि नेपाल राष्ट्र बैंकले प्रोत्साहित गरिरहेको बताए । 


कस्तो लाग्यो ?

यो पनि