बैशाख ०८, २०८१, शनिबार
               

तलब घटे पनि मेसी बार्सिलोनामै बस्ने, पाँच वर्षको सम्झौता हुँदै

एजेन्सी
असार ३१, २०७८

ADVERTISEMENT

लियोनल मेसीले बार्सिलोनासँग पाँच वर्षका लागि नयाँ सम्झौता गर्ने सहमति गरेका छन् । यस सम्झौताअनुसार ३४ वर्षीय मेसीको तलब ५० प्रतिशतले कम हुनेछ ।

पछिल्ला पाँच वर्षको अवधिमा मेसीले बार्सिलोनामा ५५० मिलियन युरो आम्दानी गरेका थिए । यसपटक तलब घटे पनि मेसीले पाउने अन्य सुविधा भने बढ्ने अनुमान गरिएको छ ।  

सम्झौताको सबै खाका तयार भइसकेपनि यसमा हस्ताक्षर हुन बाँकी छ । यो सम्झौताले पूर्णता पाउन केही दिन वा जुलाई महिनाको अन्त्यसम्म पनि लाग्नसक्नेछ । किनकी, मेसीलाई आबद्ध गर्नका लागि क्लबले केही खेलाडीहरुलाई बेच्नुपर्नेछ । 

पछिल्लो समय धेरै महंगा खेलाडी पाल्नुपर्दा बार्सिलोनामाथि आर्थिक दबाब परेको छ,  मेसीलाई समेत आबद्ध गर्दा उसले कुल खेलाडीलाई दिने तलब रकमले ला–लिगाको मापदण्ड पार गर्छ । त्यहीकारण मेसीलाई क्लबमा राख्नका लागि उसले धेरै तलब खाने केही स्टार खेलाडी बेचेर आफ्नो तलबको भार कम गर्न खोजेको छ ।

गत जुनमा मेसीको र बार्सिलोनाको सम्झौता सकिएलगत्तै पेरिस सेन्ट जर्माइन, म्यानचेस्टर सिटीलगायत क्लबहरुले मेसीमा आँखा लगाएका थिए ।

मेसीले सन् २००४ मा बार्सिलोनाबाट डेब्यु गरेका थिए । त्यसयता उनले ६ पटक बेलोन डि अर जितिसकेका छन् र धेरै किर्तिमानहरु बनाइसकेका छन् ।

मेसीले भर्खरैमात्र आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जिताएका थिए । 

यो पनि