बैशाख १५, २०८१, शनिबार
               

भारतमा पाकिस्तानको क्रिकेट टोली
पाकिस्तानले भोलि हैदराबादमा न्युजिल्यान्डसँग अभ्यास खेल खेल्दै

नेपाल फ्ल्यास
असोज ११, २०८०

ADVERTISEMENT

काठमाडौं । पाकिस्तानको टोली एकदिवसीय विश्वकप खेल्न भारत आइपुगेको छ । पाकिस्तानको टोली हिजो बेलुका हैदराबाद पुगेको हो ।

पाकिस्तान क्रिकेट टोली लाहोरबाट दुबई हुँदै हैदराबाद पुगेको हो । यसअघि सोमवार पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० ले भिसा जारी गर्न भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएको थियो । उसले आईसीसीलाई पत्र लेखेको केही घण्टापछि भारतले भिसा स्वीकृत गरेको थियो ।

पाकिस्तान सन् २०१६ को टी–२० विश्वकपपछि पहिलो पटक भारत आएको हो । 

विश्वकप र एसिया कपमा मात्रै भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै आएको छ । भारत यसअघि सम्पन्न एसिया कप खेल्न पाकिस्तान गएको थिएन । त्यसैले एसिया कप पाकिस्तान र श्रीलङ्कामा भएको थियो ।

दुई देशबीचको आन्तरिक राजनीतिको कारण उनीहरुले एक—अर्को देशको भ्रमण गर्दैनन् । त्यसै कारण यी दुई देशबीच सन् २०१३ पछि कुनै पनि शृङ्खला भएको छैन ।


पाकिस्तानले भोलि हैदराबादमा न्युजिल्यान्डसँग अभ्यास खेल खेल्दैछ । पाकिस्तानले हैदराबादमा अक्टोबर ६ तारिखमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ । भारत र पाकिस्तानबीचको खेल अक्टोबर १४ तारिखमा अहमदाबादमा हुनेछ । 
 


कस्तो लाग्यो ?

यो पनि