बैशाख २५, २०८१, मंगलबार
               

काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा थप कडाइ

नेपाल फ्ल्यास
जेठ १९, २०७८

ADVERTISEMENT

काठमाडौं । अब काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा थप कडाइ हुने भएको  छ । बुधबार बसेको उपत्यकाका तीन जिल्लाका जिल्ला प्रमुख अधिकारीको संयुक्त बैठकको निर्णयअनुसार उपत्यकामा थप १० दिन सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको हो । 

बैठकले हाल कायम निषेधाज्ञालाई जेठ ३१ गतेसम्म लम्ब्याउने र सार्वजनिक तथा निजी यातायातका साधन आगामी २१ गतेदेखि ३१ गतेसम्म पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । सार्वजनिक तथा निजी सवारी साधनहरु आगामी जेठ २१ गते बिहान १ बजेदेखि ३१ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

यद्यपि अत्यावश्यक सवारी साधन, खाद्यान्न, तरकारी तथा फलफूल, दुध, पानी लगायतका ढुवानीका साधनहरुलाई भने रोक नलगाइने बैठकले निर्णय गरेको छ । साथै, सोही बैठकबाट हालसम्म रोकिएका निर्माण सामाग्री तथा औजार ढुवानीका सवारी साधनलाई भने सञ्चालन गर्न दिने निर्णय भएको छ ।

काठमाडौं उपत्यकामा १० दिन थप निशेधाज्ञा  अवधि थपिएको छ । निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि