बैशाख २५, २०८१, मंगलबार
               

काठमाडौंमा १० दिन निषेधाज्ञा थप, किराना पसल खुल्ने

नेपाल फ्ल्यास
जेठ १९, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा १० दिन निशेधाज्ञा थपिएकाे छ । निषेधाज्ञा केही खुकुलो बनाइएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १० थप्ने केही क्षेत्रलाई खुकुलो बनाउने निर्णय गरेको हो ।

दोस्रो लहरपछि कोरोना संक्रमण उच्च भएपछि बैशाख १६ गतेदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लोपटक जेठ १४ गते थपिएको निषेधाज्ञामा खाद्यान्न तथा किराना पसलसमेत बन्द गरिएको थियो । अब भने किराना पसल विहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

त्यस्तै सार्वजनिक क्षेत्रको निर्माण सामग्री ढुवानी गर्ने सवारीलाई रातको समयमा अनुमति दिने तयारी छ । 


कस्तो लाग्यो ?

यो पनि