बैशाख १६, २०८१, आइतबार
               

दसैँमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन काठमाडौं प्रशासनको आग्रह

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लावासीलाई दसैँमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ ।

कोरोना संक्रमण दर उच्च रहेका बेला दसैँको समयमा हुने चहलपहलले महामारी बढाउने सम्भावनालाई आकलन गर्दै काठमाडौं जिल्ला प्रशासनले आमनागरिकसमक्ष मंगलबार यस्तो आग्रह गरेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जारी गरेको अनुरोधपत्रमा व्यक्तिगत तथा सामूहिक सचेतता अपनाइ जो जहाँ छौंँ त्यही ठाउँमा पर्व मनाउन आग्रह गरिएको छ । यसका अलवा प्रशासनले घरबाहिर निस्कनैपर्नै भएमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ । 

यो पनि