मंसिर ०७, २०८१, शुक्रबार
               

सूचना प्रविधिविज्ञ पदको लिखित परीक्षा स्थगित

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको परीक्षा स्थगित गरेको छ ।

सर्वोच्च अदालतले लोकसेवा आयोगले हालै जारी गरेको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको दिन नै आयोगले असोज २९ र ३० गतेका लागि परीक्षा सञ्चालनको मिति तोकेको सो परीक्षा तत्कालका लागि स्थगित गरेको हो । 

सर्वोच्च अदालतमा आयोगले जारी गर्ने मापदण्ड विभेदकारी र कोरोना संक्रमितलाई अपहेलना गर्ने भएको भन्दै मानव अधिकार रक्षक सञ्जालद्वारा दायर रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो। 

बिहीबार सर्वोचच् अदालतले  स्वास्थ्य मापदण्ड पूरा गरेर संक्रमितको गोपनीयता कायम राख्दै परीक्षा दिने व्यवस्था गर्न पनि आयोगका नाममा आदेश गरेको थियो ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आयोगको मापदण्ड संविधानप्रदत्त पेशा रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्यका आधारमा विभेदविरुद्धको हक तथा छुवाछुत तथा भेदभावविरुद्धको अधिकारको हक विपरीत हुने आदेशमा उल्लेख गरेको छ।

यो पनि