बैशाख २५, २०८१, मंगलबार
               

कोरोना संक्रमित चिकित्सकको शीघ्र उपचारका आकस्मिक हेलिकप्टरको व्यवस्था गर्न माग

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीको शीघ्र उपचारका आकस्मिक हेलिकप्टरको व्यवस्था गर्न माग गरेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई ज्ञापनपत्र बुझाउँदै चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले सरकारसँग यस्तो माग गरेका हुन् । 

यसका अलवा चिकित्सक संघले कोभिड–१९ संक्रमणको उपचारमा संलग्न चिकित्सक स्वयं संक्रमित भई मृत्यु भएमा १ करोड रुपैयाँसम्म बिमा रकम भुक्तानीको सुनिश्चित गर्न माग गरेको छ ।

नेपालगञ्जमा बिहीबार सुर्खेत कर्णाली प्रदेश अस्पतालका कोरोना संक्रमित चिकित्सकको उपचारका क्रममा मृत्यु भएपछि उनीहरुले सरकारसँग यस्तो माग राखेका हुन् । 

यो पनि