जेठ ०६, २०८१, आइतबार
               

सर्लाहीमा सोमबारदेखि निषेधाज्ञा खुकुलो हुने

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

सर्लाही । सर्लाहीमा निषेधाज्ञा केही खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो भएसँगै  सो जिल्लामा अब बिहान १० देखि अपरान्ह पाँच बजेसम्म बजार खुल्ने भएका छन् । 

जिल्ला सुरक्षा समिति सर्लाहीले निषेधाज्ञालाई खुकुलो बनाइ पसल १० देखि पाँच बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।तर, सो जिल्लामा हाटबजार र मेला, होटल र मदिराजन्य पदार्थ बिक्री गर्ने पसल सञ्चालन नहुने बताइएको छ । सो नियम  सोमबारबाट कार्यान्वयनमा आउने बताइएको छ । 

जिल्लामा अत्यावश्यक काममा बाहेक यातायातका साधन सञ्चालन नहुने बताइएको छ । कोरोना भाइरस संक्रमण फैलिन थालेपछि सर्लाहीमा साउन २६ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका थिए ।

यो पनि