काठमाडौै । वीर अस्पतालका ११ जना चिकित्सकसहित थप ३९ जनामा कोरोना संक्रमण देखिएकाे छ । साथै ७५ जना आइशाेलेसनमा छन् ।
अस्पतालमा संक्रमण फैलिएपछि वीर अस्पतालले मगंलबार एक सूचना जारी गर्दै अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द गर्ने जानकारी दिएको छ ।
कोरोना संक्रमणकै कारण जनशक्ति अभाव हुँदा वीरमा अहिले चारवटा वार्ड सञ्चालनमा छैनन् । ल्याबका ६ कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि ल्याब सेवा बन्द छ । मुटुरोग विभाग पनि बन्द छ । सोमबार न्यूरो र क्यान्सर वार्डका बिरामीमा पनि कोरोना पुष्टि भएपछि ती वार्ड पनि बन्द भएका छन् । कर्मचारीमा संक्रमण देखिएपछि फार्मेसी समेत बन्द छ ।
चिकित्सकहरुमै यति ठूलो परिमाणमा भाइरस संक्रमण भेटिएपछि भोलि र पर्सि दुई दिनका लागि ओपिडी सेवा बन्द गरिएको छ। अस्पतालले आकस्मिक र प्रशासनिक सेवा भने नियमित रुपमा सञ्चालन हुने जानकारी दिएको छ ।