जेठ ०५, २०८१, शनिबार
               

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई कोरोना

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

 

नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता एवं ओलम्पियन जितबहादुर केसीलाई कोरोना पोजिटिभ देखिएको छ ।

दिसामा रगत देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याउँदा पिसिआर परिक्षण गर्न भनेपछि संक्रमण भएको थाहा भएको केसीका छोरा योगेन्द्रले जानकारी दिए । सोमबार टेकु अस्पतालबाट फोन आएपछि पोजेटिभ रिपोर्ट आएको थाहा पाएको योगेन्द्रले बताए । अहिले उनी आफ्नै घरमा आइसोलेसनमा छन् । 

७२ वर्षे केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पद जितेका थिए । 

 

यो पनि