बैशाख २८, २०८१, शुक्रबार
               

कागेश्वरी मनोहराद्वारा निःशुल्क एम्बुलेन्स सेवा

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्र रहेका दीर्घरोगी, मिर्गाैला, अर्बुद रोगलगायत बिरामीलाई निषेधाज्ञाका कारण समस्या भएकाले अस्पताल लैजान तथा ल्याउन निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।

नगर प्रमुख कृष्णहरि थापाकाे अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले कोरोना बीमा गर्न इच्छुक नगरवासीलाई सिफारिस र  स्वास्थ्यसम्बन्धी सिफारिस निःशुल्क गर्ने निर्णय गरेको हो ।

थापाका अनुुसार सबै वडामा यसअघि नै गठन गरिएको विपत् समितिलाई क्रियाशील गराई कोरोना संक्रमण रोकथामका लागि आवश्यक सहयोग गर्ने निर्णय भएको छ । 

संक्रमण भएको व्यक्तिको विवरण नगर स्वास्थ्य शाखाले राख्ने र पिसिआर टेष्ट गर्दा सम्बन्धितत व्यक्तिको पहिचान खुल्ने परिचय-पत्रको फोटोकपी रेकर्ड अनिवार्य रुपमा राख्ने, पालिकामा सक्रिय नेपाल प्रहरीलगायतलाई आवश्यक सहयोगको व्यवस्था गर्ने जनाएकाे छ । 

साथै कोरोना बीमाका लागि आवश्यक परामर्श र अन्य समन्वय गर्ने तथा नगरपालिकाभित्र रहेका स्वास्थ्य केन्द्रलाई अत्यावश्यक कामका लागि पुनः सञ्चालन गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए ।

यो पनि