जेठ ०६, २०८१, आइतबार
               

लकडाउनको अविधमा ३३१ सवारीसाधन परे कारबाहीमा

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले आह्वान गरेको लकडाउनको अविधमा ३३१ सवारी साधन कारबाहीमा परेका छन् । 

ट्राफिक नियम उल्लङ्घन गरेकाले ३३१ सवारी साधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक कार्यालयका अनुसार बन्दाबन्दीका बेला जथाभावी सवारीसाधन सञ्चालन गरेकाले उनीहरुमाथि कारबाही गरिएको हो । 

ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीले गत चैतयता सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेको बताए । उनले भने, ‘बितेको पाँच महिनामा यहाँ ९३ बस, ५६ ट्रक, १८७ जीप, १६७ ट्र्याक्टर र ७६५ मोटरसाइकल कारबाहीमा परेका छन् । अटोलगायत अन्य ५३ वटा सवारीसाधनलाई पनि कारबाही गर्दै जरिवाना गरिएको छ ।’

प्रहरीले यो अविधमा सवारीसाधन कारबाहीबाट सात लाख ८२ हजार राजश्व सङ्कलन गरेको छ । प्रहरी निरीक्षक केसीका अनुसार कोरोना कहरमा पश्चिमीमको गड्डाचौकी हुँदै भारतको विभिन्न ठाउँबाट स्वदेश फर्किएका नेपालीलाई घरसम्म पठाउने सवारीसाधन व्यवस्थापनमा ट्राफिक प्रहरी जुटेको थियो ।

त्यस्तै बन्दाबन्दीमा कञ्चनपुरमा २३ वटा सवारी दुर्घटनामा परी आठ पुरुष र एक महिला गरी नौ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रहरीले निषेधाज्ञा जारी भएयता मात्रै महेन्द्रनगरमा मास्क नलगाएर हिँडडुल गर्ने ८० जनालाई कारबाही गरेको छ । ‘हामीले मास्कसमेत सो क्रममा वितरण गरेका छौँ,’ थापाले भने, ‘जोरबिजोर उल्लङ्घन गर्ने ६४ वटा सवारी साधन पनि कारबाहीमा परेका छन् ।’  उनले सुरुवाती चरणमा सात सय ७२ साना तथा ठूला सवारीसाधनलाई सम्झाईबुझाई छाडिएको बताए । 

यो पनि