बैशाख २२, २०८१, शनिबार
               

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई आउजाउमा अवरोध गर्नेलाई कारबाही हुने

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले नोबेल कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई डेरा/घरमा आउजाउमा अवरोध गर्नेलाई कारबाही गर्ने बताएका छन् । 

मन्त्रालयका अनुसार स्थानीयवासीको नाममा उच्छृ‌ंखल गुण्डाहरूले काठमाडौं, मोरङ र चितवनमा कोभिड–१९ को नियन्त्रणमा खटेकाहरूलाई दुव्र्यवहार गरेपछि यस्तो निर्देशन दिनुपरेको हो । 

बुढाले नोबेल कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई कारबाही गर्न अवरोध गर्नेहरुलाई कडा कारबाही गर्न कडा सम्बन्धित निकायलाई निर्देशन दिइएको बताए । 

त्यसैगरी, कसैले माथिका कुनै हर्कत गरेमा गृह मन्त्रालयको टोल फ्री नम्बर ११४९ वा नेपाल प्रहरीको १०० नम्बरमा फोन गर्न उनले अनुरोध गरेका छन् । यसरी उजुरी गर्ने उजुरीकर्ताको विवरण गोप्य राख्ने उनले बताए ।

यो पनि