जेठ ०५, २०८१, शनिबार
               

प्रदेश नं २ मा कोरोनाबाट मर्नेकाे संख्या ७७ पुग्यो

नेपाल फ्ल्यास
भदौ १२, २०७७

ADVERTISEMENT

प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु हुनाका साथै ७९ जना नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा महोत्तरीबाट तीन तथा बारा र सिरहामा एक/एक गरी पाँच जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले आज जानकारी गराएको छ । प्रदेशबाट अहिलेसम्म कोरोनाको संक्रमणबाट ७७ जनाको मृत्यु भइसकेको छ ।

सो अवधिमा सप्तरीमा ६ जना, सिरहामा २ जना , धनुषा, महोत्तरी र सर्लाहीमा १९/१९ जना, रौतहटमा २०, बारामा पाँच र पर्सामा एक गरी ७९ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका सङ्ख्यासमेत गरी प्रदेशमा संक्रमितको सङ्ख्या नौ हजार ६३० पुगेको छ । तीमध्ये आज १५२ जना निको भएर घर फर्केका छन् । अब उपचार गराई निको भएर घर फर्केनेहरूको सङ्ख्या चार हजार ६४८ पुगेको छ ।

प्रदेशअन्तर्गतका १९६ वटा क्वारेन्टाइनमा ७९५ तथा होम क्वारेन्टाइामा दुई हजार ५९१, आइसोलेशनमा एक हजार ५८ र होम आइसोलेशनमा तीन हजार ८४७ जना रहेको मन्त्रालयले जनाएको छ ।

यो पनि