जेठ ०६, २०८१, आइतबार
               

सर्लाहीमा तेस्रो पटक निषेधाज्ञा जारी

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमण दिन प्रतदिन बढ्दै गएपछि सर्लाहीमा तेस्रोपटक निषेधाज्ञाको म्याद थप गरिएको छ । सो जिल्लामा तेस्रो पटक निषेधाज्ञाको म्याद आगामी भदौ १४ गतेसम्मका थप गरिएको हो । 

सर्लाही जिल्ला प्रशासन कार्यालयका अनुसार कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्लास्तरीय समितिको आइतबार बसेको बैठकले निषेधाज्ञा थप्न सिफारिस गरेपछि निषेधाज्ञा थप गरिएको  हो ।

यसअघि सो जिल्लामा साउन ३२ देखि भदौ सात गतेसम्म र त्योभन्दा अघि साउन २६ गतेदेखि ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

यो पनि