जेठ ०७, २०८१, सोमबार
               

वीरगञ्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

वीरगञ्ज । वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

वीरगञ्जस्थित हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

वीरगञ्ज महानगरपालिका रेशमकोठीकी ४० वर्षीया महिलाको बुधबार दिउँसो मृत्यु अस्पतालले जनाएको छ ।

भदौ २ गते ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी चार दिनअघि अस्पताल भर्ना भएकी थिइन् । 

ती महिला मधुमेह तथा निमोनियाबाट समेत ग्रसित रहेको अस्पतालले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि