वीरगञ्ज । पर्साको वीरगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीरगञ्ज भिस्वाका ५७ वर्षीय पुरुषको हिजो (मंगलबार) मृत्यु भएको थियो ।
आज (बुधबार) विहान आएको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैबीच एक सातादेखि गण्डक कोभिड अस्पतालमा उपचाररत ८४ वर्षका पुरुषको पनि हिजो मृत्यु भएको थियो ।
वीरगञ्ज बिर्ताका ती पुरुषको पनि बुधबार विहान कोरोना रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जानकारी दिएको छ ।