असोज ०५, २०८१, शनिबार
               

राहत सामग्री लिएर सिन्धुपाल्चोक गए गृहमन्त्री थापा

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा ‘बादल' सिन्धुपाल्चोकको जुगल गाउँपालिका गएका छन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत उनी राहत सामग्री लिएर सो जिल्ला गएका हुन् । उनको टोलीमा गृहसचिव महेश्वर न्यौपाने, विपद व्यवस्थापन प्राधिकरण प्रमुख कार्यकारी अधिकृत अनील पोखरेल  रहेको  थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । 

दैनिक उपभोग्य वस्तु, टेन्ट, त्रिपाल लगायत लिएर टोली पहिरो गएको स्थलतर्फ जाँदै गरेको उनले बताए । 

उनका अनुसार सो राहत सामग्री चौतारामा अवतरण गरिएको थियो । शुक्रबार बिहान सो क्षेत्रमा पहिरो जाँदा २२ घरधुरी पुरिएरका थिए । जुगल गाउँपालिकामा गएको पहिरोमा परी ३८ बेपत्ता छन् । हाल उनीहरुको खोजी तथा उद्धार कार्य भइरहेको बताइएको छ । 

१९ साउनमा सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका–११ मा गएको पहिरोमा पुरिएर आठको मृत्यु भएको  । त्यसैगरी २४ असारमा पनि सो क्षेत्रमा पहिरो जाँदा २२ जना बेपत्ता भएका थिए ।उनीहरु हालसम्म फेला पर्न सकेका छैनन् । 

यो पनि