जेठ ०५, २०८१, शनिबार
               

बर्दियामा आइतबारबाट निषेधाज्ञा लागू हुने

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेका बेला जिल्ला प्रशासन कार्यालय बर्दियाले  पनि आइतबारबाट लागू हुनेगरी  जिल्लामा निषेधाज्ञा जारी गर्ने भएको छ । 

तराईका विभिन्न जिल्लामा कोरोना संक्रमण बढिरहेका बेला सो जिल्लाले पनि जोखिमलाई नियन्त्रणमा लिन भन्दै साउन २५ गते आइतबार बिहान ६ बजेदेखि साउन २९ गते मध्यरातसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो । 

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले अनुमति प्राप्त सवारी साधनबाहेक अरु सबैलाई प्रकारका निजी, सार्वजनिक तथा सरकारी सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको  बताइएको छ ।

निषेधाज्ञाको अवज्ञा वा अपहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई कानुनबमोजिम कारबाही हुने बताइएको छ । बर्दियामा अहिलेसम्म कुल २६२ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । 

यो पनि