जेठ ०५, २०८१, शनिबार
               

सर्लाहीमा साउन २७ गतेसम्मका लागि कर्फ्यु घोषणा

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्लाही जिल्लामा साउन २७ गतेसम्मका लागि कर्फ्यु घोषणा गरिएको छ । 

जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि बुधबार बिहान ६ बजेदेखि साउन २७ गते राति १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा गरिएको हो । 

कोरोनाको सम्भावित संक्रमण रोकथाम गर्न तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसबमोजिम सो जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । 

औषधि, उपचार, खाद्यान्न वस्तु खरिद, पेट्रोलियम पदार्थ खरिद जस्ता अति आवश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट ननिस्किने, अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, बिरामी बोकेका गाडी, दमकल, दूध बोक्ने र खाद्य वस्तु बोक्ने सवारी साधन, शव बाहन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बोहक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारीसाधन (मोटरसाइकल समेत) सर्लाही जिल्लाभर सञ्चालन नदिने बताइएको छ । 

सो अविधमा अर्धसाप्ताहिक, साप्ताहिक हाट बजार मेला नलगाउन र आर्थिक, राजनीतिक, समाजिक, धार्मिक र अन्य कुनै पनि रुपमा भेला, आमसभा, सभा सम्मेलन, भोजभतेर जस्ता समूहमा भेला हुने कार्य नगर्ने, नगराउने गरी आदेश जारी गरिएको हो । 

तर, अति आवश्यक उपभोग्य सामग्रीहरु बिक्री गर्ने स्थायी प्रकृतिका पसलहरु, पेट्रोल पम्पहरु, ग्यास डिपोहरु, औषधि पसलहरु भने चल्न पाउने बताइएको छ । 

यो पनि